मेघौली, २३ जेठ।
पश्चिम चितवनको मेघौलीमा रहेको परोपकारी सस्था क्लिनिक नेपालले भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ मा विभिन्न स्वस्थ्य सामग्री उपलब्ध गराएको छ ।
वडा नम्बर २८ का ५२ जना र २७ का ८ जना गरि क्वारेन्टाइनमा रहेका कुल ६० जना वडावासिहरुलाइ बिहिबार सामग्री उपलब्ध गराइएको क्लिनिकका ब्यबस्थापक सुमन पौडेलले जनकारी दिनुभयो । उहाका अनुसार सो क्रममा १ सय ४५ थान के एन ९५ मास्क र १२० थान साबुन दुबै वडाका अध्यक्षहरुको रोहबरमा हस्तान्तरण गरिएको हो।
उक्त अवसरमा २७ नम्बरका वडाध्यक्ष गोविन्द तामाङ र २८ नम्बरका वडाध्यक्ष आश बहादुर कुमालले पटक पटकको सहयोगाका निम्ति सस्थाप्रती धन्यवाद ब्यक्त गर्नु भयो। कार्यक्रममा क्लिनिकका संचालक राम बहादुर भण्डारी लगाएत स्थानिय संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
करिब दुई दशक अघि स्थापित क्लिनिक नेपाल मेघौलीले स्थापनाकालदेखि नै सर्वसाधारणहरुलाइ स्वास्थ्य सेवाका साथै बिपतको समयमा विभिन्न प्रकारका राहत सहयोग उपलब्ध गराउदै आएको छ।