पोखरामा चट्याङ लागेर एक जनाको ज्यान गयाे

काठमाडौं, १० असार : पोखरा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर ४९ वर्षीय देवबहादुर विकको गएकाे हाे ।

चट्याङ लागेर बेहोस भएका उहाँलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषण गरेका हुन् । उहाँकाे शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएकाे प्रहरीले जानकारी दिएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै