आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान

काठमाडौं, १३ असार : सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ ।

अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै