काठमाडौं, २७ असार : एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा राजीवबिक्रम शाह निर्वाचित भएका छन् । थाईल्याण्डको बैंककमा भएको साधारण सभाले नेपाल एथलेटिक्स एसोसियसनका अध्यक्षसमेत रहेका शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।
कार्यसमिति सदस्य पदमा मतदान हुँदा शाहले सर्वाधिक ३४ मत प्राप्त गरे । कार्यसमितिका ८ जना सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । एसोसियनसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित भएका छन् ।





