कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, २७ असार : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

बैठक अब आउँदो साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षदेखि बैठक बस्न सकेको छैन ।

यसअघि गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै