बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन, आयोजना ‘रेडी टु गो’ को अवस्थामा छ : प्रधानमन्त्री

काठमाडौं, ३ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्ने संकल्प लिएको बताउनु भएको छ । आज बुधबार गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यले अब गति लिने पनि दाबी गर्नुभयो ।

देशको मध्य भागमा जलाशययुक्त जलविद्युत आयोजना निर्माणले सिंगो देशको विकास र समृद्धिमा गुणात्मक योगदान प¥याउने उहाँको विश्वास छ । प्रधानमन्त्री दाहालले आयोजना निर्माण कार्य छिट्टै अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले प्राधिकरण बनाउने विषयमा बृहत्तर छलफल गर्दै अहिलेलाई कम्पनी मार्फत निर्माण सुरु गर्न लागिएको बताउनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजनालाई बहुउद्देश्यीय बनाएर लैजानुपर्ने बताउनुभयो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै