कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज हुने

काठमाडौं, १७ भाद्र : कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ । गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो ।

रिटको पेशी आइतबारका लागि तोकिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा न्यायाधीश खतिवडाको इजलासबाट अन्तरिम आदेश भएकाले खतिवडाले सुनुवाई गर्न नमान्नुभएको हो । सर्वोच्चले मूख्यमन्त्री थापालाई दीर्घकालीन असरका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा