नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधामका विद्यालयमा दिउँसो २ बजेपछि बिदा

काठमाडौं, १८ भाद्र : नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।

यसअघि गएको बुधवार १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले विद्यालयहरुमा बिदा दिएको थियो । एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्कामा हुँदैछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै