शेयर बजार ४ अङ्कले बढ्याे

काठमाडौं, १ असोज : शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल र थ्री स्टार हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले घटेकाे छ । आज २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा