सन् २०३० को विश्व कप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा गर्ने

काठमाडौँ, १८ असोज : सन् २०३० को विश्व कप फुटबल तीन वटा देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफाले सन् २०३० को विश्व कप तीन वटा महादेशका तीन देशमा हुने जनाएको हाे ।

त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् । साथै विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् । यो निर्णयलाई अर्को वर्ष हुने फिफा कङ्ग्रेसले अनुमोदन गर्नेछ ।

उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना गरेको थियो ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक