हमासद्वारा गाजामा बन्दीहरूको भिडियो सार्वजनिक

काठमाडौं, १४ कार्तिक : हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ ।

भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् । हमासले सार्वजनिक गरेको भिडियोबारे इजरायलले ’मनोवैज्ञानिक प्रोपोगान्डा’ भनेको छ ।

इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ । हमासले कम्तीमा २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै