मन्त्रिपरिषद बैठक आज पनि बस्दै

काठमाडौं, २८ जेठ :
मन्त्रिपरिषद बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ ।

लामो समयदेखिको लकडाउनले अधिकांशको जीविकोपार्जनमा समस्या भएपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा बुझाइसकेको छ ।

दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यसअघि कोरोना क्राइसिस म्यानेजमन्ट सेन्टर ९सीसीएमसी० ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’