मन्त्रिपरिषद बैठक आज पनि बस्दै

काठमाडौं, २८ जेठ :
मन्त्रिपरिषद बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ ।

लामो समयदेखिको लकडाउनले अधिकांशको जीविकोपार्जनमा समस्या भएपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा बुझाइसकेको छ ।

दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यसअघि कोरोना क्राइसिस म्यानेजमन्ट सेन्टर ९सीसीएमसी० ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने