सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

काठमाडौं, १७ मंसिर : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो । आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ । आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको एक हजार ५ सय ४० रुपैयाँ रहेको थियो ।

यसअघि सोमवार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔँस २०४७ डलर हाराहारीमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै