उत्तरी नाइजेरियामा विद्रोही बोको हरामको आक्रमणमा ६९ जनाको हत्या

काठमाडौं, २८ जेठ :

उत्तरी नाइजेरियाको बोर्नो राज्यमा विद्रोही संगठन बोको हरामले ६९ जना सर्वसाधारणको हत्या गरेका छन् ।

विद्रोहीले दुर्गम गाउँमा आक्रमण तथा लुटपाटका क्रममा जथाभावी गोली चलाउँदा सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आफूहरुका सूचना सरकारी सुरुक्षाकर्मीलाई चुहाएको भन्दै बोको हरामले ती सर्वसाधारणलाई कारवाही गरेको जनाएको हो । आक्रमणमा चौपायाहरुसमेत मारिएको समाचारमा जनाइएको छ ।

उत्तर पूर्वी नाइजेरियामा बोको हराम र इस्लामिक स्टेट वेस्टअफ्रिका प्रान्त (आइएसडब्लुएपी) ले वर्षौंदेखि जारी हिंंसात्मक आन्दोलनमा हजारौं सर्वसाधारणको हत्या गरेको छ भने लाखौं बिस्थापित भइसकेका छन् । एजेन्सी

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा