इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामद्वारा आर्सनल पराजित

काठमाडौं, १३ पौष : इंग्लीश प्रिमियर लिग फुटबलमा बिहीबार राति आर्सनललाई वेष्ट ह्याम युनाइटेडले २–० ले हराएको छ । आर्सनलको मैदानमा भएको खेलमा भ्रमणकारी टोली वेष्ट ह्यामलाई विजयी गराउन टामस सौचेक र माभ्रोपानोसले एक एक गोल गरे ।

हारसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । बिहीबार राति भएको अर्को खेलमा ब्राइटनले टोटनह्याम हट्सपरलाई ४–२ ले पराजित ग¥यो । ब्राइटनका हुँवा पेड्रोले पेनाल्टीमार्फत दुई गोल गर्दा हिन्सेलउड र इस्तुपिनानले एक एक गोल थपे । टोटनह्यामका भेलिज र डेभिजले दुई गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत रहँदा ४० अंकसहित आर्सनल दोस्रोमा छ । तेस्रो स्थानको एस्टन भिल्लाको ३९ तथा चौथो स्थनको म्यान्चेस्टर सिटीको ३७ अंक छ । म्यान्चेस्टर सिटीले एक खेल कम खेलेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै