नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सचेतना अभियान निरन्तर चलाउँदै

काठमाडौं, २४ पौष : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम बानेश्वर–गौशाला सडक खण्डको बत्तिसपुतलीमा सम्पन्न गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा ट्याम्पो काठमाडौं जिल्ला कमिटीले गरेको कार्यक्रममा सवारी चालक सहचालक तथा सडक प्रयोगकर्ताको सहभागिता रहेको थियो ।

सडक दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्दै गौशाला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम जोशीले सडक दुर्घटना निर्मूल पार्न नसकिए पनि सचेतना अभियान निरन्तर चलाउँदै गयो भने कम गर्न सकिने बताए । सडक प्रयोगकर्ता र चालकहरूमा ट्राफिक सङ्केत चिन्ह र ट्राफिक ज्ञान वृद्धि गर्न सकिए सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सडक दुर्घटनामा परेर वर्षमा सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाएको र १४ हजार ४ सय व्यक्ति घाइते भएको उनको भनाई छ ।

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा, केन्द्रीय सदस्य कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिव शिवकुमार श्रेष्ठ लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै