शेयर बजारमा दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं, २१ फागुन : सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा आज दुई पटक सकरात्मक सर्किट ब्रेक लागेको छ । बिहान कारोबार शुरु भएको तीन मिनेटमै अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले बढेपछि शेयर बजारमा पहिलो सर्किट लागेको थियो ।

२० मिनेटपछि कारोबार शुरु भएको एक मिनेटमै फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अहिले ४० मिनेटका लागि सेयर कारोबार स्थगित भएको छ । दोस्रो सर्किटपछि नेप्से परिसूचक ९८ दशमलव ६९ अङ्कले बढेर २०५९ अङ्कमा पुगेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै