‘महाजात्रा’ आजदेखि प्रदर्शनमा

काठमाडौं, ९ चैत्र : प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ ।

प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ ।

रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ चलचित्रकाे व्यावसायिक र समीक्षात्मक सफलतापछि ‘महाजात्रा’ तेस्राे शृङ्खलाका रूपमा आएकाे हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा