गण्डकी प्रदेशका सांसद देवकोटालाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १० असार : सर्वोच्च अदालतले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई नेकपा माओवादी केन्द्रले कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।

त्यसको विरुद्ध देवकोटा सर्वोच्च जानु भएकोमा सोमबार भएको सुनुवाई पछि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशले अन्तरिम आदेश दिँदै देवकोटाको कारबाही रोकेको हो । सर्वोच्चले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको नाममा आदेश जारी गर्दै देवकोटालाई सांसदको रुपमा पूर्ववत कायम गर्न भनेको हो ।

माओवादीको चुनाव चिन्हमा चुनाव लडेको भन्दै माओवादीले उनीमाथि कारबाही गरेको थियो । गण्डकी सरकारमा उनी अहिले उर्जामन्त्री रहेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा