बाल यौन दुराचारमा ‘तपस्वी’ रामबहादुर बम्जन दोषी ठहर

काठमाडौं, ११ असार : रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई बालयौन शोषण मुद्दामा दोषी ठहर गरेको हो । सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जन दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।

अभियुक्त बम्जन अहिले पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व हिजोको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए । अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलङ्गवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो ।

बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गएको पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने