भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किए

काठमाडौं, १८ असार : भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुल भत्किएका भारतीय समाचार माध्यम दि इन्डियन एक्सप्रेसले जनाएको छ । भत्किएका पाँच पुल मध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका मिडिया रिपोर्टमा उल्लेख छ ।

भारतको ग्रामीण निर्माण विभागले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै दुर्घटनाका कारण भत्किएको दाबी गरेको छ । अररियामा वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुल उद्घाटनअघि नै भत्किएको हो । विभिन्न गाउँ जोड्ने पुलहरु भत्किदाँ स्थानीयबासी प्रभावित भएका छन् ।

बिहारमा बेलाबेला पुल भत्किने समस्या भईरहन्छन् । तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो । पछिल्लो ४ वर्षमा झन्डै १० वटा पुल भत्किएका छन् ।

संबन्धित शिर्षकहरु

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै