पानीको बहाव बढेपछि सप्तकोशीका सबै ५६ वटा ढोका खोलिए

?????????????????????????????????????????????????????????

काठमाडौं, २३ असार : सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ । यसअघि बिहान सप्तकोशीका ५६ मध्ये ४६ वटा ढोका खोलिएका थिए । कोशी ब्यारेजमा आज बिहान पछिल्लो पटक तीन लाख ४२ हजार क्यूसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोधसमेत गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । -रासस

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने