पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

लमजुङ, २४ असार : चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झन्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

स्रोतको कमी भएन भने आउँदाे आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ । गएको आर्थिक वर्षमा १ करोड ३३ लाख रुपैयाँ बजेटबाट पुनर्निर्माण शुरु गरिएकाेमा चालू आर्थिक वर्षमा सरकारले जम्मा ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै ‘आरजीएस/विष्णु जेभी’ ले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताउनुभयो । दरबार बुइँगलसहित तीन तले र कालिका मन्दिर प्यागोडा शैलीको बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो । -रासस

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै