बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार विश्वासको मत लिने

काठमाडौं, २ साउन : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदाे आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।

सत्ता गठबन्धन दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने निर्णय गुर्नभएको हो । सङ्घीय सरकारमा समीकरण फेरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन अनुरोध गर्दै बाग्मतीमा कांग्रेसले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै