डुरान्ड कपमा त्रिभुवन आर्मी क्लबले आज आफ्नो अन्तिम खेल खेल्दै

काठमाडौं, २९ साउन : भारतमा चलिरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी फुटबल क्लबले आज आफ्नो अन्तिम खेल खेल्दैछ । समूह ‘एफ’ मा रहेको आर्मीले तेस्रो खेलमा रङ्गदाजिद फुटबल क्लबसँग खेल्न लागेको हो ।

आर्मी र रङ्गदाजिदबीचको खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे जवाहरलालनेहरु मैदानमा हुनेछ । आर्मी र रङ्गदाजिद दुवै टोली यसअघिका दुई खेलमा पराजित भएका थिए । आर्मी पहिलो खेलमा सिलाङ लाजोङसँग १–० ले र दोस्रो खेलमा गोवा फुटबल क्लबसँग २–१ ले पराजित भएको थियो ।

रङ्गदाजिदले पहिलो खेलमा सिलाङ लाजोङसँग २–० र दोस्रो खेलमा गोवासँग ४–३ को गोलअन्तरले हारेको थियो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै