कोप्पा इटालियाको उपाधि नापोलीलाई

काठमाडौं, ४ असार :
कोप्पा इटालियाको उपाधि नापोलीले जितेको छ । गएराति भएको फाइनलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले छैटौं पटक उपाधि जितेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा भएको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

युभेन्ट्सका पाउलो डिबला र डानिलो पेनाल्टीमा गोल गर्न असफल भए । नापोलीका लरेन्जो इनसिग्ने, माटियो पालिटानो, निकोला माकसिमोभिक र अर्काडिउज मिल्लिकले गोल गरे । युभेन्ट्सका लागि लियोनार्दो बोनुची र आरोन राम्सेले मात्र गोल गरे ।

नापोलीले सन् २०१४ पछि पहिलो पटक कोप्पा इटालियाको उपाधि जितेको हो भने समग्रमा छैटौं उपाधि हो । युभेन्ट्सले सर्वाधिक १३ पटक उपाधि जितेको थियो । कोरोना भाइरस महामारीपछि कोप्पा इटालिया मार्फत इटलीमा फुटबल पुनरागमन भएको हो ।

अब जुन २० देखि इटलीमा सिरी ए फेरि सुरु हुँदैन । लिगमा युभेन्ट्स लाजियोलाज्ञ एक अंकले पछि पार्दै शीर्ष स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै