रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी

काठमाडौं, ७ पुस : कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी भइरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार मुद्दा दर्ता गर्न लागेको हो । लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार सात सय जना बचतकर्ताले बचत राखेको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी पाँच जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवम् ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध अस्ति शुक्रवार नै मुद्दा दर्ता भइसकेको छ । कास्कीको पोखरामा रवि लामिछानेको समर्थनमा दिनहुँजसो प्रदर्शन भइरहेको छ । आज पनि प्रदर्शन हुने शङ्कामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । यसअघि लामिछानेको हिरासतमा सुतेको तस्बिरसमेत सार्वजनिक भएपछि हिरासत वरपरको सुरक्षा पनि कडा बनाएको प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने