मध्यपहाडी लोकमार्गको कास्की–बाग्लुङखण्डमा एक सय ९३ किलोमिटर कालोपत्र

काठमाडौं, २५ पुस : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्की–बाग्लुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कुल दुई सय ५० किलोमिटरको खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किलोमिटर र बाग्लुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।

आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । पर्वतमा रहेको आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यका अनुसार मालढुङ्गादेखि बाग्लुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किलोमिटर सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । घोडाबाँधेदेखि–हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिनुभयो ।

पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ । सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बाग्लुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताउनुभयो । -रासस

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी