शुक्रबार राति म्याचेष्टर युनाइटेड र टटनह्याम भिड्दै

काठमाडौं, ५ असार :
इंग्लिस प्रेमियर लिगमा शुक्रबार २ खेल हुँदैछन् । नर्विच सिटी र साउथ ह्याम्पटन तथा टटनह्याम हट्सपर म्याचेष्टर युनाइटेड आज आमने सामने हुँदैछन् ।

राति अबेर हुने खेलमा हट्सपरका फरवार्ड ह्यारी केन र विंगर सन ह्युङ मिन प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा मैदान उत्रने भएका छन् । हट्सपरले आज गृह मैदानमा युनाइटेडसँग हुने प्रतिस्पर्धामा केन र सनलाई मैदान उतार्ने मुख्य प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् ।

दुबै पूर्ण रुपमा चोटबाट मुक्त भएकाले मैदान ओर्लने बताएका छन् । टटनह्यामका मुख्य स्ट्राइकर केन गत जनवरीयता मैदान उत्रिएका छैनन् । सन कुमको चोटपछि मैदान उत्रिएका छैनन् । तर, सनले त्यसबीचमा दक्षिण कोरियामा दुई साताको सैनिक तालिम सफलतापूर्वक पूरा गरिसकेका छन् ।

यस्तै, चोटका कारण मैदान बाहिर रहेका मिडफिल्डर मौसा सीसीले समेत युनाइटेड विरुद्धको खेलबाट कमब्याक गर्ने बताईएको छ । यस सिजन हट्सपर ४१ अंक जोडेर आठौं स्थानमा छ । ४५ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा