काठमाडौं, ५ असार :
इंग्लिस प्रेमियर लिगमा शुक्रबार २ खेल हुँदैछन् । नर्विच सिटी र साउथ ह्याम्पटन तथा टटनह्याम हट्सपर म्याचेष्टर युनाइटेड आज आमने सामने हुँदैछन् ।
राति अबेर हुने खेलमा हट्सपरका फरवार्ड ह्यारी केन र विंगर सन ह्युङ मिन प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा मैदान उत्रने भएका छन् । हट्सपरले आज गृह मैदानमा युनाइटेडसँग हुने प्रतिस्पर्धामा केन र सनलाई मैदान उतार्ने मुख्य प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् ।
दुबै पूर्ण रुपमा चोटबाट मुक्त भएकाले मैदान ओर्लने बताएका छन् । टटनह्यामका मुख्य स्ट्राइकर केन गत जनवरीयता मैदान उत्रिएका छैनन् । सन कुमको चोटपछि मैदान उत्रिएका छैनन् । तर, सनले त्यसबीचमा दक्षिण कोरियामा दुई साताको सैनिक तालिम सफलतापूर्वक पूरा गरिसकेका छन् ।
यस्तै, चोटका कारण मैदान बाहिर रहेका मिडफिल्डर मौसा सीसीले समेत युनाइटेड विरुद्धको खेलबाट कमब्याक गर्ने बताईएको छ । यस सिजन हट्सपर ४१ अंक जोडेर आठौं स्थानमा छ । ४५ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ ।