शनिबार, अषाढ ६ :
बंग्लादेशका क्रिकेटर मस्रफि मोर्तजालाई कोरोना पुष्टि भएको छ । उनलाई कोरोना पुष्टि भएको उनका भाईले बताएका छन् । बंग्लादेशका लागि सफल कप्तान एबंम तिब्र गतिका बलर मोर्तजालाई उच्च ज्वरो आएपछि शुक्रबार राति कोरोनाको टेस्ट गरिएको थियो । टेस्ट गर्दा सनिबार कोरोना पुष्टि भएको उनका भाईले बताएका छन् । उनका अनुसार मोर्तजालाई दुई दिनदेखि ज्वरो आएको र शुक्रबार राति कोरोनाको टेस्ट गर्दा कोरोना पोजेटिभ आएको बताएका छन् ।
अहिले सम्म बंग्लादेशमा १ लाख ८ हजार भन्दा बढि कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ४ सयले ज्यान गुमाएका छन् ।