खण्डग्रास सूर्यग्रहण सुरु, ग्रहणको अवधि तीन घण्टा ३३ मिनेट

काठमाडौं, ७ असार :
खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटमा ग्रहण सुरु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा ग्रहणको मध्य र २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्नेछ ।

आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिनेछ ।

सूर्यग्रहण नाङ्गो आँखाले नहेर्न खगोलविदको सुझाव छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो