सुनको भाउ एकैदिन एक हजार तीन सय रुपैयाँले बढ्यो

काठमाडौं, १४ चैत : सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै