रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा

काठमाडौं, १५ चैत : रहस्य, सङ्घर्ष र सामाजिक यथार्थको संयोजन बोकेको चलचित्र ‘डोरी’ आजदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अरुण लामाले निर्देशन रहेको छ । लघु चलचित्र र वृत्तचित्रमा अनुभव हासिल गरिसकेका लामाका लागि यो पहिलो फिचर चलचित्र हो । चलचित्र ‘डोरी’ ले एक सङ्घर्षशील युवाको कथालाई प्रस्तुत गर्छ, जसले आफ्नो परिवारको आर्थिक भार कम गर्न जोखिमपूर्ण निर्णयहरू लिन्छ ।

कथामा हास्य, त्रास, रहस्य, र सङ्घर्षलाई प्रभावकारी रूपमा समेटिएको छ । चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहालगायतका कलाकारहरूको अभिनय देख्न पाइन्छ । विशेषगरी, अञ्जना बराइलीले यसअघि ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्ण बहादुरको सारङ्गी’ जस्ता चलचित्रमा अभिनय गरिसक्नु भएको छ ।

निर्देशक अरुण लामाकै कथा रहेको चलचित्रमा दिनेश भट्टराई निर्माता र राज थापा कार्यकारी निर्माता हुनुहुन्छ । सौरभ लामाले छायाँकन गरेको चलचित्रमा सङ्गीत सङ्गीतकार राजनराज सिवाकोटीको रहेको छ । द्वन्द्व निर्देशन राजु तामाङको रहेको छ ।

संबन्धित शिर्षकहरु

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै