लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

काठमाडौं, ५ जेष्ठ : लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६ सय २८ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंक, निर्जीवन बीमा समूहकाे शेयर १ प्रतिशतभन्दा धेरैले बढेकाे छ । आज सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने