इटालियन सिरि ए मा युभेन्टसलाई ४ अंकको अग्रता

काठमाडौं, ९ असार :
इटालियन सिरि ए मा युभेन्टसले बोलोग्नालाई २–० ले हराएको छ । गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरेका हुन् । जितसँगै युभेन्टसले चार अंकको अग्रता लिएको छ । युभेन्टरले ६६ अंक र लाजियोको ६२ अंक छ ।

बोलोग्नाको मैदानमा भएको खेलको २३औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई अग्रता दिलाए । ३६औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै पहिलो हाफअघि नै युभेन्टसलाई २–० को अग्रता दिलाए ।

बोलोग्ना ३४ अंकसहित १०औं स्थानमा छ । अर्को खेलमा एसी मिलानले रेलिगेसन जोनको लेस्सेलाई ४–१ ले हरायो । मिलानको जितमा सामु कास्टिलो, जियाकोमो बोनाभेन्चुरा, अन्ते रेविच र राफेल लाओले गोल गरेका थिए । ३९ अंक बनाएको मिलान सातौं स्थानमा पुगेको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा