टी–२० अभ्यास खेलमा नेपालको लगातार दोश्रो जीत

काठमाडौं, १० भाद्र : दोश्रो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई छ विकेटले हराएको छ । एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर दुई बलमा भेटायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए ।

एसीटीका इ रहेमानले दुई तथा एल इभान्स र डी दुबेले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको एसीटीले १७ ओभर दुई बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनायो । एन ब्रोसले सबैभन्दा धेरै १६ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र शहाब अलामले समान चार विकेट लिए । यस्तै गुलशनकुमार झा र रोहित पौडेलले समान एक विकेट लिए ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो । टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप पाँच वटा अभ्यास खेल्न लागेको हो । टप इन्ड टी–२० शृङ्खलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गरेको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा