मंगोलियामा भएको संसदीय निर्वाचनमा न्यून सहभागिता

उलानबटोर, १० असार :

मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् ।

मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो । मतदानका लागि देशभरी दुई हजार ७० मतदान केन्द्रहरु स्थापना गरिएका छन् । निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चार ओटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदान गर्नका लागि देशभरी झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा रहेको छ । मंगोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् । (रासस/सिन्ह्वा)

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने