शेयर बजार ३९ अङ्कले बढेर २ हजार ६ सय विन्दुमा, ६ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाडौं, ७ मंसिर : हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २ हजार ६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ ।

आज २ सय ३७ वटा कम्पनीको शेयर बढेकोमा १८ वटाको घटेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सागर डिस्टिलरी, बन्दीपुर केबलकार, झापा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ७ दशमलव ६५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा