लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं, १४ पौष : लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । हिजोको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोालको ४ हजार ८ सय ३५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा