सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं, १४ माघ : सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाका ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ४ सय ३० रुपैयाँले बढेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै