सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्‍याे

काठमाडौं, १८ माघ : सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रवार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ थियो । बिहीवार चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ७ हजार ५ सय ५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा