सुनको भाउ आज तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं, २३ माघ : सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले घटेको छ । चाँदी २ सय ७० रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ८० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै