आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, ५ फागुन : आज सुनको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ६० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै