लगातार ३ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ्याे

काठमाडौं, ११ फागुन : लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले बढेर २ हजार ६ सय १६ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ ।

आज १ सय १३ वटा कम्पनीको शेयर घटेकोमा १ सय ४० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एनआईबीएल समृद्धि फन्डको शेयर सबैभन्दा धेरै ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै