सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौं, १२ फागुन : सुनको भाउ आज पनि बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता अस्ति आइतवार एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ हिजो पनि बढेको थियो ।

हिजो सुनको भाउ ३ हजार २ सयले बढेर ताेलाकाे ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे ५ हजार ५ सय ८५ रुपैयाँ काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ । हिजाे चाँदीकाे भाउ १ सय ७० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियाे ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा