शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौं, १२ फागुन : तीन दिन लगातार घटेर हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१.६२ अङ्कले बढेर २६३८.६२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएको दिन होटल तथा पर्यटन समूहको शेर दुई प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज साल्पा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने रिलायन्स स्पीनिङ मिल र हिमालयन पावर कम्पनीको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल एसवीआइ बैंकको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ ।

बजार बढेपनि आज कारोवार रकम भने घटेको छ । हिजो ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २८ कम्पनीका ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँको कारोबार भएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै