शेयर बजार सामान्य बढ्यो

काठमाडौं, १४ फागुन : शेयर बजार लागातर तेस्रो दिन आज पनि बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढ्दा निर्जिवन विमा समूहमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ । आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज श्रीनगर एग्रिटेक कम्पनीको शेयर साढे ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो चार अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोवार भएकोमा आज तीन सय ३५ वटा कम्पनीका १ करोड ५ लाख कित्ता शेयर चार अर्ब १७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा