सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १५ फागुन :  आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय २५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै