सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं, ९ चैत्र : सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ लगातार पाँच कारोबार दिन घटेको हो । मङ्गलवार तोलाको ३ लाख ९ हजार ९०० रहेको सुनको भाउ बुधवार २ हजार २०० रुपैयाँले घटेको थियो । यस्तै सुनको भाउ बिहीवार ५ हजार ४००, शुक्रवार ७ हजार ८०० र हिजो आइतवार १२ हजार ५०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि लगातार पाँच कारोबार दिनयता घटेको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा