काठमाडौं, १३ चैत्र : आज र भोलि देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बेलुकीदेखि नै धेरै ठाउँमा बदली र वर्षा शुरु भएको हो ।
महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँ तथा तराई भू–भागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै भोलि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँ तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ ।



